माधव नेपाल समुहले भन्योः हाम्रो कारण पार्टी फुट्दैन, कथित कारवाही मान्दैनौं

साझाकुरा
२०७७ चैत्र १७, मंगलवार १६:५५

काठमाडौं । नेकपा(एमाले) माधव कुमार नेपाल समुहले आफुहरुको कारण पार्टी नफुट्ने स्पष्ट पारेको छ । नेपाल पक्षका ११ सदस्यिय स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी नफुटाउने र कारवाही पनि नमान्ने निर्णय गरेको हो । नेताहरुले देशैभर समानान्तर गतिबिधी अघि बढाउने निर्णय पनि गरेको छ ।

पार्टी अध्यक्ष ओलीले स्वेच्छाचारी ढंगले विधान विपरिद गई बरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावलमाथी कारवाही गरेको निष्कर्ष निकाल्दै नेपाल समुहले त्यसलाई अस्विकार गर्दै समानान्तर संगठन निर्माणमा अघि बढ्ने निर्णय गरेको हो ।

स्थायी कमिटीका ११ नेताहरुले संयुक्त वक्तव्य निकाल्दै ओलीका विरुद्ध देशव्यापी रुपमा कार्यकर्तामाझ जाने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*