नयाँ बजेटमा निफ्राको सुझावः पूर्वाधारमा ध्यान दिए राम्रो

साझाकुरा
२०७७ चैत्र १७, मंगलवार १८:४७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिएको छ । अर्थमन्त्री बिष्णु पौडेललाई अर्थ मन्त्रालयमै पुगेर निफ्रा नेतृत्वले प्रस्तुतिकरणसहित सुझाव दिएको हो ।

निफ्राले भौतिक पूर्वाधारको निर्माण तथा संचालन मार्फत मुलुकको सामाजिक आवश्यकताहरू पूरा गर्न, आमजनमानसहरुको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक बृद्धिलाई सहयोग पुर्‍याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त बृद्धि हुनु पर्ने पृष्टभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरुमा व्यवसायिक संमिश्रण आवश्यक रहेको सुझाव दिएको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक वित्तीय पहुँच पुर्याउने मुख्य उद्देश्य लिई सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार विकासमा नोडल संस्थाको रुपमा रही कार्य गर्न सक्ने प्रतिवद्धता जाहेर गर्दै बैंकले लिएको कार्यदिशा एवम् हालसम्म प्राप्त गरेका उप्लाव्धिहरुको संक्षिप्त विवरण समेत अर्थ मंत्रीलाई सुनाएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*