१० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता, एनआरएनलाई डलरमा आईपीओ

साझाकुरा
२०७७ चैत्र १७, मंगलवार २०:२३

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अगुवाईमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । १० अर्ब पुँजीको फण्डलाई कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते दर्ता प्रमाणपत्र दिएको हो । कम्पनीमा नेपाल सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । १५० जना भन्दा बढी एनआरएनहरुले एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम लगानी गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको एनआरएनका सल्लाहकार अनलराज भट्टराईले जानकारी दिए ।

८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुनेछ । त्यस्तो आईपीओ डलरमा पनि निष्काशन हुन सक्ने सल्लाहकार भट्टराईले बताए । विश्वभर फैलिएर रहेका दसौँ लाख नेपालीको सहभागीतामा फण्डले पूर्वाधार क्षेत्रमा लगानी गर्ने पनि उनले बताए ।

विदेशमा रहेका नेपालीहरुको रकमलाई देश विकासमा लगाउने उदेश्यले स्थापना भएको कम्पनीलाई नेप्सेमा वा विदेशको कुनै ठूलो स्टक एक्सचेञ्जमा सूचिकृत गराउनेबारे पनि छलफल अघि बढेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*