समर्थन फिर्ता लिए राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

साझाकुरा
२०७७ चैत्र २२, आईतवार ०८:२२

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । बालुवाटारमा १६५ वटै निर्वाचन क्षेत्रका रणनीतिक सडकहरुको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएपछि राजीनामा दिने बताएका हुन् ।

ओलीले समर्थन फिर्ता लिन तयार नहुने तर राजीनामा मागिरहने काम भने ठिक नभएको बताएका थिए । ‘समर्थन त फिर्ता लिनुस, राजीनामा आईहाल्छ नी, समर्थन फिर्ता लिन तयार पनि हुने अनि राजीनामा देऊ भनेर मात्रै हुन्छ’, ओलीले भने ।
उनले आफ्नो राजीनामा धेरै पहिले देखि माग्न थालिएको तर माग्दैमा नपाइने पनि स्पष्ट पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*