भारत बन्यो कोरोनाको नयाँ हटस्पट, एकै दिन थपि ९३ हजार संक्रमित, ५ सयले ज्यान गुमाए

साझाकुरा
२०७७ चैत्र २२, आईतवार ०८:४४

काठमाडौं । भारत कोरोनाको नयाँ हटस्पट बनेको छ । नयाँ तथ्यांक अनुसार एकै दिन सबै भन्दा धेरै संक्रमित फेला पर्ने देशहरुमा भारत पहिलो नम्बरमा पुगेको छ । शनिबार मात्रै भारतमा ९३ हजार नयाँ संक्रमित थपिएका थिए भने पाँच सय जनाले ज्यान गुमाएका थिए ।

पाँच महिनापछि भारतमा सर्वाधिक कोरोना संक्रमित भेटिएका हुन् । सेप्टेम्बरमा भारतमा दैनिक ९० हजारमा संक्रमित भेटिएका थिए । त्यस यता शनिबार एकै दिन ९३ हजार संक्रमित थपिएका हुन् ।
भारतपछि ब्राजिल र अमेरिकालाई कोरोनाको तेश्रो लहरले सताईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*