बागमती प्रदेशका १८ लाख ७० हजारले लगाए पूर्ण खोप

साझाकुरा
२०७८ भाद्र ३०, बुधबार ०९:३६

हेटौंडा÷बागमती प्रदेशमा १८ लाख ७० हजार नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यो संख्या जम्मा जनसंख्याको ३२ प्रतिशत हो । प्रदेशमा ३ लाख ४७ हजार १ सय १ जना अर्थात ६१.०५ प्रतिशले कोभिसिल्ड, ११ लाख ७६ हजार २ सय ४ जना अर्थात ७१. ९७ प्रतिशतले भेरोसेल र

३ लाख ४७ हजार ४ सय १४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । उनका अनुसार, प्रदेशका १८ वर्ष भन्दा माथिका ५६ प्रतिशत अर्थात ३२ लाख ७८ हजार १ सय ७७ जना नागरिकले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

काठमाडौंका १ लाख ३९ हजार ५१ जनाले कोभिसिल्ड, ५ लाख ९८ हजार ५ सय ७७ जनाले भेरोसेल र १ लाख ५६ हजार २५ जनाले जोन्सन खोप लगाएका छन् । यसैगरी, ललितपुरका ३२ हजार २ सय ३३ जनाले कोभिसिल्ड, १ लाख ५६ हजार ७ सय ५९ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् । ्

भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख १९ हजार ७ सय १९ जनाले भेरोसेल र १९ हजार ६ सय ८९ जनाले जोन्सन, रसुवाका ३ हजार ७० जनाले कोभिसिल्ड, १६ हजार १ सय ५६ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् ।

नुवाकोटका १८ हजार ७ सय ८५ जनाले कोभिसिल्ड, २५ हजार ९ सय ७५ जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन, धादिङका १२ हजार ७ सय १० जनाले कोभिसिल्ड, २४ हजार ७ सय ९ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन खोप लगाएका छन् ।

चितवनका ३६ हजार २ सय ५ जनाले कोभिसिल्ड, ७८ हजार ४ सय ८८ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन, मकवानपुरका १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३ सय जनाले भेरोसेल र ५ हजार ९ सय २३ जनाले जोन्सन खोप लगाएका छन् ।

सिन्धुलीका ६ हजार ३ सय जनाले कोभिसिल्ड, १४ हजार १ सय ६ जनाले भेरोसेल र ११ हजार ९७ जनाले जोन्सन, रामेछापका ३० हजार ३ सय ३४ जनाले कोभिसिल्ड, २३ हजार ९ सय ९८ जनाले भेरोसेल र १७ हजार २४ जनाले जोन्सन खोप लगाएका छन् ।

सैगरी, दोलखाका ८ हजार ५ सय ५४ जनाले कोभिसिल्ड, १८ हजार ४ सय ४६ जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन, काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, ५९ हजार ३ सय ३९ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन र सिन्धुपाल्चोकका १२ हजार १ सय २९ जनाले कोभिसिल्ड, २५ हजार ६ सय ३२ जनाले भेरोसेल र ११ हजार ९ सय २३ जनाले जोन्सन खोप लगाएका छन् ।

बागमती प्रदेशमा हालसम्म २५ लाख ३८ हजार २ सय २५ जनाको कोरोना परीक्षण गर्दा ४ लाख २५ हजार ७ सय ९२ जना अर्थात १६.७७ प्रतिशत नागरिकमा कोरोना पुष्टि भएको छ ।

तीमध्ये हालसमम ४ लाख १० हजार २ सय ६८ जना अर्थात ९६. ३५ प्रतिशत नागरिक संक्रमणमुक्त भएका छन् भने ४ हजार ३ सय ७२ जना अर्थात १.०३ प्रतिशत नागरिकको निधन भएको छ ।

मंगलबार १५ जनामा
कोरोना संक्रमण

हेटौंडा/मकवानपुरमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक अनुसार मंगलबार पछिल्लो २४ घण्टामा १ सय २ जनाको कोरोना जाँच गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।

उपलब्ध तथ्याड्ढअनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७५ जनाको पिसिआर बिधि र २७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा १५ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

मकवानपुरको मंगलबारको कोरोना संक्रमित दर १४ प्रतिशत रहेको छ । मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ३२ रहेको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना मुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना संक्रमित भइ होम तथा संस्थागत आइसोलेशनमा बसेका ४४ जना कोरोनामुक्त भएका हुन् । हालसम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ५ सय ९४ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*