मृत्यु दरमा आधारित नबनौं

साझाकुरा
२०७८ भाद्र ३०, बुधबार ०९:५४

मकवानपुरमा कोरोना संक्रमणबाट हुने मृत्यु दर न्यून देखिएको छ । कोरोना संक्रमणबाटै मृत्यु हुनेको संख्या न्यून देखिएपनि यसमै आधारित भएर कोरोनाबाट सुरक्षित बन्ने स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन नछोडौं । मृत्यु दर एक प्रतिशत मात्र देखिएको छ ।

यो अनुपात तुलनात्मक रुपमा कम हो, तथापी कोरोना संक्रमणको जोखिम घटेको छैन । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको करिब १६ महिना अवधिमा मकवानपुरमा कुल कोरोना संक्रमितको एक प्रतिशत अर्थात्, एक सय ६४ जनाले ज्यान गुमाएका छन् ।

१५ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा कुल संक्रमतिको एक प्रतिशतले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका छन् ।

हेटौंडाका एक सय १६ जनारहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।यसैगरी संक्रमणकाकारण थाहानगर–पालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोनबाट मृतयुहरुको संख्या कमी भएपनि जोखिम उतिनै छ ।

मकवानपुरमा हालसम्म ५० हजार बढी नागरिकको कोरोना संक्रमण परीक्षण गरिएको छ । हेटौंडालगायत बाँकी नौ वटा स्थानीय तहमा कोरोना परीक्षण गरिएको हो । हालसम्म जिल्लामा ५० हजार चार सय ५८ जनाको कोरोना संक्रमण परीक्षण गरिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

परीक्षण गरिएका मध्ये १५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो सातामा मकवानपुरमा कोरोना संक्रमण निकै घटेर गएको छ । तर, यसअघि भने कोरोनाको संक्रमण दरमा बृद्धि भएको थियो ।

अहिले बजार र यातायातका साधन र बढी भीड हुने कार्यालयहरु खुलेसंगै कोरोनाको संक्रमण दर बढ्ला भन्ने चुनौती पनि उत्तिकै बढेको छ । विश्व स्वास्थ्य संगठनले बारम्बार कोरोना यो भन्दा खतरनाक भेरियन्ट विश्वर फैलन चेतवनी दिइरहँदा बजार क्षेत्रमा भीडभाड बढ्नुको
कोरोनाको जोखिम थप जटिल बन्दै गएको छ ।

कोरोन संक्रमणको दोस्रो चरणको हालको अवस्था हेर्दा संक्रमण अवस्था केहि न्यूनभएकोले स्थानीय प्रशासनले निषेधाज्ञा फितलो, विद्यालय संचालनसँगै आज बुधबारबाट जिम क्लब, सिनेमा हलसमेत संचालन गर्न दिने भएको छ ।

यो निर्णय व्यवसायिक दृष्टिकोणबाट राम्रो हो । तर, मानिसहरुले माक्स, सेनिटाइजरको प्रयोग नगर्नाले फेरि संक्रमण उच्च विन्दुमा पुग्ने निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*