बालबालिकाको हक अधिकार र बाल दिवश

विज्ञान रिमाल ‘दिग्गज’
साझाकुरा
२०७८ भाद्र ३०, बुधबार १०:०३

नेपालमा वालवालिकाको नाममा मनाईने दिवसलाई वालदिवश भनिन्छ । वाल दिवश मनाउन २०२१ साल भाद्र ४ गते देखि सुरुवात गरिएको भएतापनि २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात यसको पुरानो संरचनालाई फेरवदल गरी भाद्र २९ गतेलाई विशेष दिन बाल दिवशको रुपमा मानाउन थालिएको हो ।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवस रत्नराज्य लक्ष्मीदेवी शाहले सुरु गर्नुभएको भन्ने इतिहास भेटिन्छ । रत्नराज्यलक्ष्मी देवि शाहको जन्मदिन पारेर विसं २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा टुहुरा तथा अनाथ बालबालिकाको संरक्षणको सुरुवात गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो दिनदेखि वार्षिक रुपमा बालदिवस मनाउन थालिएको हो ।

वास्तवमा बि.सं. २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि नेपाल सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार आजका दिनमा भाद्र २९ गते यो दिवसलाई देशव्यापी रूपमा मनाउने गरिएको हो ।

आजसम्म जुन ढंगबाट बालदिवस मनाइएको थियो ।त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढंगबाट अधिकारमुखी समानुपातिक ढंगबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ ।

हाल नेपालमा वहसको रुपमा रहेको बालदिवस कस्तो हुनुपर्दछ, बालदिवस कसरी मनाउनुपर्दछ यो आम रूपमा उठिरहेको विषय हो ।
नेपालमा मनाइने दिवस आफैमा एउटा परम्पराको रुपमा मान्यता लिइसकेको हुन्छ तर त्यसमा अहिलेको परिवर्तन र
नयाँ नेपालको दृष्टिकोणमा त्यसलाई पुनःपरिभाषित गरिनुपर्दछ जस्तो लाग्दछ ।

हामीले बालदिवसलाई औपचारिकतामा मात्रै मनाइरहेको महशुस हुने गरेको छ । खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ ।

बालदिवस आफैमा एउटा महŒवपूर्ण दिवस हो । नेपालको धेरै भन्दा धेरै जनसख्या बालबालिकामा पर्दछ । बालबालिका भन्नाले निक्कै सानो उमेरका केटाकेटीहरु र अधिकार भन्नाले कानूनी, परम्परागत वा नैतिक रुपमा प्राप्त न्यायोचित हक वा दावी हो ।

बालवालिकाले आफ्नोे हक अधिकारमा रमाउन चाहन्छ, शिक्षा, स्वास्थ्य, आदि इत्यादी उसका नैसर्गिक अधिकार हुन । बालबालिकाहरु भविष्यका कर्णधार हुन्। उनीहरुको सर्वाड्डीण विकास बिना देश विकासको परिकल्पना गर्न सकिदैन, बालबालिका देशका भावी निर्माता भानिन्छ उनीहरुलाई साना बाल बालिकाहरु हुन भन्ने सोचले उनीहरुलाई अधिकारबाट बन्चित गरिनु हुदैन ।

विश्वका धेरै राष्ट्रहरुमा १८ वर्ष भन्दा कम उमेरका सबै मानिसलाई बालबालिका मानिने गरेको भएता पनि नेपालमा १६ वर्ष भन्दा मुनीका लाई वालवालिका मानिएको छ त्यसैले तीनै वालवालिकाहरुको संरक्षण र सम्र्वधन गर्ने दायित्व राज्य सरकार राष्ट्रको हो ।

प्रत्येक बालबालिकाको बाँच्न पाउने जन्मसिद्ध अधिकार, नाम र राष्ट्रियताको अधिकार, बालबालिकाको विचार प्रकट गर्न पाउने र विचारले उचित मान्यता पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, शिक्षाको अधिकार, अपांग बालबालिकाको अधिकार, स्वास्थ्य सेवाको अधिकार, सामाजिक सुरक्षाको अधिकारहरुलाई आत्मसाथ गर्दै बाल दिवश मनाइनु पर्दछ ।

अहिलेको सन्दर्भमा बालसहभागिताको कुरा गरिराखेको छौं । ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ। बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तयार गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरूलाई त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नुपर्ने भएको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसले पूर्णता पाउन सक्दैन ।

यसका लागि केन्द्र देखी स्थानीय तह सम्म वालअधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका बालअधिकारकर्मी, संस्थाहरू र सरकारका विभिन्न निकायहरूको बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा बृहत छलफल हुनु अहिले जरुरी देखिएको छ ।

बाल दिवसको सकरात्मक पक्ष त छ नै, सकरात्मक पक्ष हुँदा हुँदै पनि बाल दिवश मनाउने क्रममा आलोचनाबाट भने पछि पर्न सकेको छैन । बेला बेलामा बालदिवसको औचित्य तथा सार्थकता माथि पनि प्रश्न नउठेको र हामीले नसुनेको होइन ।

विशेष गरी बाल दिवस औपचारिकतामा मात्र सीमित रहेको र तमाम बाल बालिकाको अधिकार प्रत्याभूतिमा असफल रहेको भनी आलोचना भएको सुनिन्छ । सरकार र निजी क्षेत्र दुवै मिलेर बाल बालिकाको अधिकारको क्षेत्रमा काम गर्ने गरेको भएता पनि बाल बालिकाको अवस्थामा अपेक्षित रुपमा सुधार आउन नसकेको देखिनुलाई मुख्य कमजोरीको रुपमा आम नेपालीले लिईए बुझेको छ ।

विभिन्न ठुला साना कल कारखाना, सवासरी साधन, होटलहरुमा बाल बालिका हरुले आफ्नो श्रम बेच्नुको साथ साथै दुव्र्र्यवहार भोग्न पनि वाध्य भएका छन् । अझ सडक बालबालिकाहरुको समस्या त कति हो कति त्यसमा खासै सुधार भएको महशुस गर्न पाइएको छैन ।

समग्रमा नेपालले बाल बालिकाहरुको थुप्रै हक हरुको प्रत्याभूत गरेतापनि कार्यान्वयनको पाटो फितलो भइदिदाँ कयाँै बालबालिकाहरु आफ्नो हक अधिकारबाट वञ्चित भएका छन् बालबालिकाहरुको हक अधिकार र संरक्षणको लागि बालदिवस एउटा महत्वपूर्ण दिवस हो तर

तुलनात्मक रुपमा बालदिवसको प्रभावकारिता बढ्दै गएको देखिएता पनि अपेक्षित रुपमा नतीजा प्राप्त हुन नसकेकोले बालदिवस
माथि नै प्रश्न चिन्ह खडा भइरहेको देखिन आएको छ ।

कमि कमजोरीलाई हटाउदै सुधारर्दै जाने हो भने बालबालिकाहरुको अधिकार तथा संरक्षणको लागि महत्वपूर्ण दिनको रुपमा वाल दिवश बनाउन सबै पक्षबाट पहली कदम एकदमै जरुरी देखिएको छ र यस दिनलाई औपचारिकतामा मात्र सीमित नराखी थप उपलब्धिमूलक

बनाउन म, तपाई हामी सवै बालबालिकाहरुको हक अधिकारको सन्र्दभमा लाग्यौ भने बालवालिकाहरु र राष्ट्रलाई नै थप टेवा पुग्ने विश्वास लिएको छु ।– लेखकः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मकवानपुर शाखाबका अध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*