बागमती सरकारमा विवेकशीललाई ल्याउन कसरत

साझाकुरा
२०७८ भाद्र ३१, बिहीबार ११:१९

हेटौंडा/ बागमती प्रदेशसभामा विपक्षमा बसेर सत्तापक्षविरुद्ध खरो उत्रिरहेको विवेकशील साझा दललाई गठबन्धन सरकारमा ल्याउने तयारी भएको छ । अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै नयाँ सरकार गठनमा जुटेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसको

गठबन्धनले विवेकशीललाई सरकारमा ल्याउन आन्तरिक तयारी गरेको हो । गठबन्धनका नेताहरुको छलफलमा विवेकशीललाई सरकारमा सहभागी गराउने बारे छलफल भएको छ । प्रदेशसभामा विवेकशीलसँग ३ मत छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका

नेता तथा पूर्व मन्त्री शालिकराम जम्मकट्टेलले विवेकशीललाई सरकारमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् ।
उनले गठबन्धनको छलफल भइरहेकोले अहिले नै विवेकशील सरकारमा आउने वा नआउने बारे भन्न नसकिने बताए । गठबन्धनले

सरकारमा साना पार्टीलाई सहभागी गराउने बारे गहन छलफल भने गरेको छैन् । सरकार गठनमा साना दलको मत आवश्यक नभएपनि विवेकशीललाई भने ल्याउने तयारी गठबन्धनले गरेको हो । सरकार बनाउन ५५ मत भए पुग्छ । गठबन्धनका माओवादी, कांग्रेस र नेकपा

एससँग मात्रै ५८ मत छ । ‘सरकार बनाउन साना पार्टीको मत आवश्यक नभएपनि विगतमा विपक्षी दलसँगै एउटै मोर्चामा विवेकशील रहेकाले सरकारमा ल्याउन खोजिएको हो ।,’ एक प्रदेशसभा सदस्यले भने । विवेकशीलले भने सरकारमा सहभागी नहुने संकेत दिएको छ ।

विवेकशीलका सांसद रमेश पौड्यालले सरकारमा सहभागी हुन आग्रह भएपनि सम्भावना कम रहेको बताए । गठबन्धनका नेतासँग सरकारमा जाने बारे अनौपचारिक कुरा भएपनि पार्टीमा कुनै छलफल नभएकोले टुंगो लागिनसकेको सांसद पौड्यालको भनाइ छ ।

पार्टीभित्र आन्तरिक विवादका कारणपनि हालसम्म सरकारमा सहभागी हुने बारे छलफल हुन नसकेको पौडेयालले बताए । ‘विगतदेखि नै विपक्षमा बसेर भूमिका खेल्दै आएकोले सरकारमा जाने सम्भावना कम छ । पार्टीमा छलफल भएपछि सरकारमा जाने वा नजाने भन्ने

सन्दर्भमा एउटा निर्णय होला ।,’ उनले भने । प्रदेशसभामा विवेकशीलबाट पौड्यालसहित विराजभक्त श्रेष्ठ र शोभा शाक्यले प्रतिनिधित्व गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*