पूर्वीक्षेत्रका बासिन्दाको समस्या समाधान गरौं

साझाकुरा
२०७८ आश्विन १, शुक्रबार १०:३१

नेपाली सेनाले निर्माणा गरिरहेको राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्ग (फास्टट्रयाक) परियोजनाका कारण
मकवानपुरका पूर्वीक्षेत्रका स्थानीयबासीले वर्षेनी दुःख पाइरहेका छन् । हेटौंडा बजारहुँदै मकवानपुरको पूर्वीक्षेत्रको बैकया र बागमती

गाउँपालिका आउजाउ गर्न निर्माणाधिन मदन भण्डारी मार्ग (धरान–चतरा) सडक आयोजनाका कारण सहज भएपनि फास्ट्रयाकका कारण एक किलोमिटरभन्दा बढी सडक नबन्दा पूर्वीक्षेत्रका जनता दुःख व्यहोर्न बाध्य भएका हुन् । असाध्यै अप्ठेरो र भिरालो भएका कारण वर्षात्को

समयमा त्यस स्थानमा बढी समस्या हुन्छ । हिउँदको समयमा धुलो उडेर समस्या पार्छ । गाडी फसेर घण्टौं जाम पर्ने गरेको छ । यस विषयमा स्थानीय तह, प्रदेश र संघीय सांसद समेत जानकार रहेपनि समस्या समाधानका लागि कतैबाट पहल भएको छैन ।

मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौडा) सडकखण्डको करिब १ हजार २ सय मिटर सडक खण्ड मात्र निर्माण नहुँदा स्थानीयलाई सास्ती हुँदै आएको । धरान–चतरा सडक आयोजनामा उक्त सडक खण्ड पर्ने भएता पनि फाष्टट्रया्कले उक्त धरान–चतरा मार्ग जोड्ने विन्दुको

दायाँ–बायाँ दुवै ६ सय मिटर गरेर कुल १ हजार २ सय मिटर बनाउने भन्दै नेपाली सेनाले भौतिक पुर्वाधारमार्फत् योजना लिएको थियो । तर, सेनाले लिएको काम नगर्दा त्यसक्षेत्रका बासिन्दालाई समस्या भएको हो । तत्कालै सेनाले काम गर्ने पनि देखिँदैन । नेपाली सेनाले

फाष्टट्रयाक धरान–चतरा सडक आयोजनाले भेट्ने विन्दु र पुलको डिजाइन नदिँदा धरान चतरा सडक आयोजनाले काम गर्न सकेको थिएन । सेनालाई संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत् उक्त विन्दुको आसपासको सडक बनाउने

जिम्मेवारी प्रदान गरेको थियो । कुन आयोजनाले उक्त सडक खण्ड निर्माण गर्ने भन्नेबारे लामो समयदेखिको विवाद जारी थियो । सेनाले फास्टट्रयाक सडकको कालोपत्रे गर्ने समयमा मात्र उक्त क्षेत्र स्तरोन्नति गर्ने दावी स्थानीयको छ ।

सेनाले यस विषयमा तत्काल स्थानीयबासीसँग छलफल गर्नु अहिलेको आवश्यकता पनि हो । नेपाली सेना एउटा लामो इतिहास बोकेको राज्यको प्रमुख संगठन हो । जनताको सुखदुःखमा सदैव साथमा साथ हातमा हात मिलाउँदै हिँडेको यस संगठनले मकवानपुरको पूर्वीक्षेत्रको

जनताको समस्या समाधानमा पनि समयमै पहल गर्नु अहिलेको आवश्यकता हो । जसले गर्दा उनीहरुको दैनिक जीवन सहज हुन्छ । तत्कालका लागि धरान–चतरा आयोजनालाई उक्त स्थान कालोपत्रे गर्न दिने हो सवै समस्याको समाधान हुन्छ ।

आवश्यकता अनुसार कालोपत्रे भत्काउन गाउँलेहरु तयार नै छन् । त्यसको समयमै सरोकारवाल पक्षको यसतर्फ ध्यान पुग्न जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*