संविधान दिवसमा २६ जनाद्वारा रक्तदान

साझाकुरा
२०७८ आश्विन ३, आईतवार ०९:०२

हेटौंडा/ संविधान दिवस २०७८ को अवसरमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।

हेटौंडामा रगतको अभाव भएसँगै शनिबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बागमती प्रदेश युवा परिषद् हेटौंडाकोे समन्वय तथा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ महिलासहित २५ जना पुरुषहरुले रक्तदान गरेको रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिए ।

बागमतीमा प्रदेश युवा परिषद कार्यालयका कार्याकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यतामा भएको कार्याक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*