रु दुई सयले घट्यो सुनको मूल्य

साझाकुरा
२०७८ आश्विन ४, सोमबार १४:०३

नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ ।

 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५० मा कारोवार भएको
थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*