ललितानिवास प्रकरणबारे गच्छदार भन्छन्– राजनीतिक प्रतिशोध साँध्न मुद्दा

साझाकुरा
२०७८ आश्विन ६, बुधबार १५:११

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको जिकिर गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे । ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप पनि उनले लगाए ।

मुद्दा निष्पक्ष रूपमा नचलाइएको र छानीछानी चलाइएको उनको भनाइ छ । आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको उनले बताए । उनले आफ्नो घरसमेत नभएको र डेरामा बस्दै आएको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*