राप्ती रिभर युवा क्लब पराजित

साझाकुरा
२०७८ आश्विन ७, बिहीबार १३:०९

हेटौंडा/ मकवानपुरको राप्ती रिभर युवा क्लब (आरआरवाइसी) सी डिभिजन लिग छनोट अन्तर्गत समुह चरणको दोस्रो खेलमा पराजित भएको छ । खेलको सुरुवाती ६ मिनेटमा ३ गोल खान पुगेको आरआरवाइसीले खेलमा केही सुधार ल्याएपनि हार व्यहोर्न पुगेको हो । बुधबार भएको समुह चरणको दोस्रो खेलमा आरआरवाईसी बाजुराको रानिबन स्पोर्टस् क्लबसँग ३–२ गोलअन्तरले पराजित भएको छ ।

आरआरवाइसीको कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको दोस्रो, तेस्रो र छैठौं मिनेटमा बाजुराको तर्फबाट क्रमशः दीपक बिकले २ तथा किरण बोहराले १ गोल गरेका थिए । ३–० ले पछि परेको अवस्थामा खेललाई सम्हाल्दै आरआरवाइसीले खेलको २९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता घटाएको थियो ।

दोस्रो खेलमा पराजित भएपनि आरआरवाइसी छनोटको दोस्रो चरणमा जाने सम्भावना अझैै कायम नै रहेको छ । तर, यसका लागि भने बाजुरा र सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लबको नतिजामा भर पर्नुपर्ने हुन्छ । आरआरवाइसीले पहिलो खेलमा चौतारा स्पोर्टिङ क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*