तोकिएकै समयमा कांग्रेस पालिका अधिवेशन

साझाकुरा
२०७८ आश्विन ७, बिहीबार १४:३३

हेटौंडा/नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारी बैठकले असोज ९ गतेनैै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्यता टुंगो लगाउने निर्णय गरेको र पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रीय समितिले आवश्यक्ता अनुसार अघि बढाउँदै जाने निर्णय भएको बताए ।

प्रवक्ता शर्माले देशभरका नेपाली काँग्रेसका कार्यत्रर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह समेत गरे । उनले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपिल गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*