फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

साझाकुरा
२०७८ आश्विन ८, शुक्रबार १४:३१

‘इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’ को आयोजनामा तेस्रो राष्ट्रिय आइएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका एक सय ७० खेलाडीको सहभागिता रहने छ । आइएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पुरुषतर्फ पाँच र महिलातर्फ एक विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ३० किलोमुनि, ३५ किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि तथा ६५ किलोमुनिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिलातर्फ खुला तौलसमूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्डहलमा सञ्चालन हुनेछन् ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*