युवाको काँधमा कांग्रेस

साझाकुरा
२०७८ आश्विन ११, सोमबार ११:२३

पछिल्लो समय मकवानपुरे राजनीतिमा नेपाली कांग्रेसप्रति लोकप्रियता बढिरहेको छ । कम्युनिष्टको गडको रुपमा परिचित मकवानपुरमा विस्तार कांग्रेसले आफ्नो सफलताहरु प्राप्त गरिरहेको छ । लामो समय मकवानपुरबाट कांग्रेसले संसदीय राजनीतिमा एकसिट समेत जित्न सकेको थिएन । दोस्रो संविधानसभाको चुनावमा कांग्रेसका युवा नेता इन्द्रबहादुर बानिया“ले मकवानपुर जिल्लाबाट निर्वाचित भएर नेपालको संसदीय राजनीतिको सुरुवात गरे । बानिया“को जीतस“गै जिल्लामा कांग्रेसले विस्तारै आफ्नो पकड बलियो बनाउन सुरु गरेको थियो । गतस्थानीय तहको चुनावमा पनि कांग्रेसले धेरै स्थानमा जीत हात पा¥यो ।

गतसंसदीय चुनावमा बाम गठबन्धनलाई तोड्दै जिल्लामा कांग्रेसले एक सिट जित्यो । हाल जिल्लामा एमाले विभाजन भएको अवस्था, माओवादी र राप्रपा कमजोर भएको अवस्थामा कांग्रेसले नजिकि“दै गरेको निर्वाचनमा अझै धेरै सफलता हात पार्ने अनुमान गर्न थालिएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन देशभर सञ्चालन भइरहेको छ । मकवानपुरमा पनि पालिकास्तरीय अधिवेशन सकिएको छ । वडा र पालिकास्तरीय अधिवेशनबाट धेरै स्थानको नेतृत्वमा युवाहरु हावी भएका छन् । जिल्लाको दशवटा स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नया“ नेतृत्व चयन भएको थियो ।

बकैया र इन्द्रसरोबर गाउ“पालिकामा क्रमशः दिलबहादुर भोम्जन र विश्व लामा सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचनबाट हेटौंडा उपमहानगरपालिकामा उत्सव इटेनी, थाहा नगरपालिकामा प्रमोद जोशी, मनहरी गाउ“पालिकामा प्रकाश बर्तौला, भीमफेदी गाउ“पालिकामा सञ्जिव श्रेष्ठ, मकवानपुरगढी गाउ“पालिकामा राजवीर लामा, वाग्गमती गाउ“पालिकामा फणिन्द्र तिमल्सिना, कैलाश गाउ“पालिकामा राजेन्द्र घिसिङ र राक्सिराङ गाउ“पालिकामा वीरेन्द्र जिम्बा सभापतिमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट मकवानपुरको १० स्थानीय तहमा ४६० सदस्यीय कार्यसमिति चयन भएको छ । हेटौंडा उपमहानगरपालिकामा ९५, थाहा नगरपालिकामा ६०, बकैया ६०, वाग्मती, भीमफेदी, मनहरी र राक्सिराङमा ४५÷४५, मकवानपुरगढीमा ४० र ईन्द्रसरोवर गाउ“पालिकामा २५ सदस्यीय कार्यसमिती चयन भएका छन् । क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिमा युवाहरु हावी भएपछि नेतृत्व तहमा पनि युवाहरु हावी भएका हुन् । अब कांग्रेसको वडा र स्थानीय तहको नेतृत्वमा आइपुगेका नेताहरुको काम संगठनलाई चुस्तदुरुस्त बनाउ“दै पार्टीका आन्तरिक चुनावको क्रममा भएको असमझदारीलाई हटाउनु हो । समयमै यसो गर्न सकेको खण्डमा पक्कै पनि नजिकि“दै गरेको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसले अझै आफ्ना प्रभाव बढाउन सक्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*