विकट गाउँलाई जोड्न पुल

साझाकुरा
२०७८ आश्विन १२, मंगलवार १२:२५

‘हामी हेटौंडाबाट नजिक भएरपनि एउटा पुल नहुँदा वर्षामा सहर जान पाउँदैनथियौं ।,’ यो भनाई मकवानपुरगढी गाउँपालिकाका एक युवकको हो । देशमा संघीयता आएर स्थानीय निकाय बन्नु अघि मकवानपुरगढीको ५ र ६ नम्बर वडामा वर्षाको समयमा ओहोरदोहोर गर्न सक्दैन थिए । एउटा वडाबाट अर्को वडा पुग्न खोलामा बाढी आउँदा सम्बन्ध टुट्ने गरेको थियो । करिब ६ किलोमिटर परको ५ नम्बर वडाबाट पनि हेटौंडा आउन ज्यामिरे खोलामा पुल नबन्दा सम्भव थिएन । अहिले त्यही दुई वटामा मात्रै करिब ४ वटा पक्की, स्टिल ब्रिज बनेका छन् । ज्यामिरे खोलामा गाउँपालिका र प्रदेश सरकारको लगानीमा पक्की पुल बनेको छ । अहिले मकवानपुरगढीका ८ वटै वडामा पक्की पुल, स्टिल ब्रिज, झोलुङ्गे पुल बनेका छन् । गाउँको विकासमा पुल नै महत्वपूण रहेको स्थानीय बताउँछन् । उनीहरुले गाउँका उत्पादन बजारसम्म ल्याउन पाएका छन्, वर्षामा खोलाको डर हटेको छ ।

अहिले मकवानपुरगढीका जनता धेरै खुशी छन् । यस्तै खुशी ल्याउन केन्द्रीयदेखि प्रदेश र गाउँ सरकारले ध्यान दिन जरुरी छ । सडक निकास नै नभएको ठाउँमा पुल बनाएको घटना सुनेतका नागरिकलाई गाउँमा पुल बनेको समाचारले धेरै खुशी ल्याउने गरेको छ । जिल्लामा मकवानपुरगढी मात्र नभई थाहा नगरपालिका मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाले पुल निर्माणमा प्राथमिकता दिँदै दुई वा दुईभन्दा बढी गाउँलाई पालिका केन्द्रसम्म जोड्ने योजना बनाएका छन् । मनहरीले गतवर्ष २०७७÷०७८ मा मात्रै पाँच वटा पक्की पुल एकैपटक निर्माण सुरु गरेको हो । भीमफेदीले विकट गाउँमा सडक पु¥याउन पुल निर्माण गरिरहेको छ । थाहा नगरपालिकाले पनि वडाहरुलाई पालिका केन्द्रसँग जोड्न पक्कीदेखि झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

नेपाल भुपरिवेष्ठित मुलुक हो । देशको अधिकांश भाग पहाडि क्षेत्रले ढाकेको छ । विकासोन्मुख देश नेपाल भुपरिबेष्ठित भएकै कारण भौतिक पूर्वाधार विकासमा फड्को मार्न सकिरहेको छैन् । भौतिक विकासतर्फ पक्की पुल, सडक, खानेपानी, सिचाईंका पूर्वाधार निर्माण जनअपेक्षा अनुसार हुन सकेको थिएन््, यसको कारण नेपाल भुपरिबेष्ठित मुलुक हुनु हो । देशको सातवटा प्रदेशमध्ये बागमती प्रदेशमा पनि विगतमा जनअपेक्षा अनुसार भौतिक पूर्वाधारमा उलेख्य विकास हुन सकेको थिएन् । तर देशमा संघीय स्थापित भएर प्रदेश सरकार गठन भएपछि भने बितेको ३ वर्षमा भौतिक पूर्वाधार विकासमा ठूलो परिवर्तन आएको छ । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्ला विकट भएकाले पक्की पुल र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको छ ।

देशमा संघीयता आएपछि बागमती प्रदेश सरकार प्रदेशको भौतिक, आर्थिक र सामाजिक विकासमा तीव्र गतिमा लागिपरेको हो । विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सातै प्रदेशमध्ये बागमती प्रदेश सरकार पहिलो सूचिमा छ । प्रदेश सरकारले स्थापना भएको दुई वर्ष अर्थात आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ३२ वटा पक्की पुल निर्माण सम्पन्न गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा १४ वटा पक्की पुल निर्माण भएको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार २२ वटा पुलको सर्भो डिजाइन भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा ३ अर्ब ६७ करोड ५ लाख ९८ हजार रुपैयाँ खर्चमा १४ वटा पुल निर्माण, २२ वटा पुलको सर्भे भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*