चार नेता नेकपा एसको केन्द्रमा

साझाकुरा
२०७८ आश्विन १२, मंगलवार १२:३४

हेटौंडा/नेकपा (एकीकृत समावादी)को केन्द्रीय कमिटीमा मकवानपुरका चार नेता समेटिएका छन् । नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा मकवानपुरबाट केदार न्यौपाने, विरोध खतिवडा, ललित बस्नेत र मुनु सिग्देल केन्द्रीय कमिटीमा समेटिएका हुन् । एकीकृत समाजवादीको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई पनि विभिन्न जिम्मेवारी दिएको छ ।

केदार न्यौपाने पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज भएका छन् । यस्तै, सर्वाधिक चर्चामा रहनु भएका विरोध खतिवडा स्थायी कमिटी सदस्य चयन भएका छन् । उनी यसपटक सरकारमा पार्टी सहभागी भए मन्त्री बन्ने लगभग पक्का छ । एमालेको मजदुर संगठनका प्रभावशाली नेता तथा एमालेका पूर्व केन्द्रीय सदस्य ललित बस्नेत एकीकृत समाजवादीमा पोलिट ब्युरो सदस्य भएका छन् ।

उनलाई मकवानपुर इञ्चार्जको भूमिका पनि दिइएको छ । यस्तै, एमाले मकवानपुर अध्यक्ष रहनु भएका मुनु सिग्देल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा मकवानपुर सहइञ्चार्ज हुनुहुन्छ भने बागमती प्रदेश सभामा एकीकृत समाजवादीको प्रमुख सचेतक पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*