विरोध खतिवडा मन्त्री बन्ने

साझाकुरा
२०७८ आश्विन १३, बुधबार ११:३०

हेटौंडा/मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सांसद विरोध खतिवडा मन्त्री बन्ने भएका छन् । एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भए संगै खतिवडा मन्त्री बन्ने भएका हुुन् ।

नेकपा एस का अध्यक्ष माधवकुमार नेपालले सांसदहरूको नाम मन्त्रीका लागि सिफारिस गरेका छन् । अध्यक्ष नेपालले मन्त्रीहरूको नामको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
मन्त्रीका लागि खतिवडा सहित मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई अध्यक्ष नेपालले बुझाएका छन् । मन्त्रीमा सिफारिस भएका सांसदले कुन मन्त्रालय पाउने हुन् खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*