ब्याडमिन्टन र भलिबल बिजेताको टुंगो लाग्यो

साझाकुरा
२०७८ आश्विन २०, बुधबार ११:४०

हेटौंडा/ ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगता सम्पन्न गरिएको छ ।खेलमा बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुका १५ टिम र अन्य नागरिकहरुबाट १५ टिम गरी जम्मा ३० टिमको सहभागिता रहेको थियो । खेलमा प्रथम स्थान हासिल गर्ने हेटौंडा निवासी अभिषेक वोस र माधवी वोसको टोली रहेको थियो भने द्वितीय स्थान हेटौडा निवासीनै नवीन पौडेल र हिकमत सिंह पातलीको टोलीले हात पारेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहेका प्रहरी  उपरीक्षक नवराज अधिकारी र प्रहरी हवल्दार हरि बहादुर तामाङको टोली, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी हवल्दार पोषण चौधरी र प्रहरी जवान राम बहादुर थापाको टोली गरी २ टिमले तेस्रो स्थान हासिल गरेका छन् । खेलमा बकैया गाउँपालिका ४ का खेलाडी डाक्टर टिकाराम राईलाई उत्कृष्ट खेलाडीको रुपमा छनौट गरिएको छ । बिजेता खेलाडीहरुलाई यही असोज २० गते यस कार्यालयमा हुने ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा सिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

यसैगरी अन्तर प्रहरी कार्यालय स्तरिय भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ । खेलमा बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर , चितवन, दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र सशस्त्र प्रहरी गण रातोमाटे गरी ५ वटा प्रहरी कार्यालको सहभागिता रहेको खेलमा प्रथम स्थान दंगा नियन्त्रण प्रहरी गण हेटौंडाले हासिल गरेको थियो भने दोस्रो स्थान बागमती प्रदेश प्रहरी कार्यालयले हात पारेको थियो । भलिबलमा समेत बिजेता पहिलो र दोस्रो हुने खेलाडीहरुलाई प्रहरी दिवसको कार्यक्रममानै नगद, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*