आचार्य र ढकालको स्वरमा चकलेटी स्याउ

साझाकुरा
२०७८ आश्विन २०, बुधबार ११:४८

गायक समिर आचार्य र हेटौंडेली गायिका स्वस्तिका ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘घाममा सुकाइदेउ, पिच रोड’ लगायतका गीत सार्वजनिक गरिसकेका गायक समिरलाई ढकालले साथ दिएकी छिन् । ‘ दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् ।  मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएपछि समिरले आफू उत्साहित भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*