३० वर्षे राजनीतिक जीवनमा पहिलो पटक मन्त्री बने खतिवडा

साझाकुरा
२०७८ आश्विन २२, शुक्रबार १९:२३

हेटौंडा- नेकपा (एकीकृत समाजवादी)को नेतृत्व गर्दै मकवानपुरका कम्युनिष्ट नेता विरोध खतिवडा मन्त्री बनेका छन् । करिब ३० वर्षे राजनीतिक जिवनमा उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

२०२८ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका खतिवडा ४ पटक आमनिर्वाचनमा विजयी भएका छन् । खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।

खतिवडाले मकवानपुरमा विद्यालय, सडक, सिँचाई, स्वास्थ्यचौकी, पुल, विद्युतीकरणलगायत विकास निर्माणमा अगुवाई गर्दै आएका छन् । १० फागुन २०१५ मा मकवानपुरको गढी गाविस (हाल हेटौँडा उपमहानगरपालिका– १७, हटियामा उनको जन्म भएको हो । उनका बाबु बद्री खतिवडा पनि पुराना कम्युनिस्ट नेता हुन् ।

विरोध खतिवडाले हेटौँडाको भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी (हालको एसईई) गरेका हुन् । उनले नेपाल ल क्याक्पसबाट २०३४–२०३९ मा बीएल गरे । खतिवडा मकवानपुरका नेताहरुमध्ये मन्त्री हुने दोस्रो हुन् । यसअघि कलम थापा मन्त्री भएका थिए । कांग्रेसका दुई नेता राज्यमन्त्री मात्रै हुन सकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*