७ वटा वडामा कांग्रेसद्वारा शुभकामना आदानप्रदान

साझाकुरा
२०७८ आश्विन २४, आईतवार १४:०९

हेटौंडा÷विजया दशमीको अवसरमा नेपाली कांग्रेसले शनिबार मकवानपुरको ७ वटामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कांग्रेसको भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र नगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबीच विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको १, ४, ५, ७, १३ र १६ नम्बर वडा तथा मकवानपुर गढीको ५ नम्बर वडामा शनिवार विजयादशमीको शुभकामना आदान प्रदान र चियापान कार्यक्रम राखेको थियो ।
विजयादशमीको शुभकामना तथा चियापान कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गरी २ सय ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि तथा अथितिहरुले सदस्यता दिएर कांग्रेसमा स्वागत गरेका थिए । हेटौंडा– १६ मा भएको कार्यक्रममा शंकर पनेरुको अध्यक्षतामा ३१ सदस्यीय नेपाल तरुण दल गठन गरिएको थियो भने हेटौंडा १३ मा वडा पार्टी कार्यालय उद्घाटन तथा हेटौंडा उपमहानगरका नवनिर्वाचित वडा सभापतिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमहरुमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइराला, राजिव सुवेदी, भीमसेन महत, महेन्द्र राउत, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, निवर्तमान नगर सभापति आनन्दराम पराजुली, हेटौंडा उपानगर सभापतिहरु रामकृष्ण कोइराला, डोल्मा स्याङबो, सचिव सबिन न्यौपाने, हर्करत्न लामालगायतले विजया दशमीको शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*