बर्षा की दशा ?

साझाकुरा
२०७८ कार्तिक ८, सोमबार १०:५५

कातिकको पहिलो सातामा लगातार ३ दिनको बर्षा किसानका लागि दशामा परिणत भएको छ । किसानले मानो रोपेर मुरी फलाउने धान बमौसमी बर्षाले बालीमै ढुवान हुँदा किसानले बीउका लागिसमेत संचित गर्न नपाउने अवस्था सिर्जना भएको छ । कृषि प्रधान देशको रुपमा विश्वभर पहिचान बनाएको नेपालमा अधिकांश खाद्यान्न भारत र बाहिरी मुलुकबाटै आयात हुन्छ । बर्षेनी यो समस्या कायम रहँदा पछिल्ला बर्षमा केहि मात्रामा भएपनि मुलुकमा धान उत्पादनमा बृद्धि भएपनि यस पटक किसानले ठूलै दशा भोग्नु परेको छ । किसानको धानबाली मात्र नष्ट भएन, संघीय सरकारको तथ्यांक अनुसार ९२ ले ज्यान गुमाए भने, ३२ जना बेपत्ता छन् । यो अवस्था मध्ये बर्षा असार, साउनमा समेत सिर्जना भएको थिएन । पश्चिमी बायुको प्रभावका कारण मुलुकको तराइ र पहाडी भागमा निकै ठूलो दुर्घटना देखिएको हो ।
आधुनिक प्रविधिमा खेतीले पनि यस्ता बर्षाका कारण बाली नष्ट बचाउन सकिन्थ्यो । तर, कृषिमा आत्मनिर्भर बन्नका लागि सरकारको कोशिस बालुवामा पानी हाले जतिकै भएका कारण किसानले आँखै अगाडी धान नष्ट भएको हुर्नुको बिकल्प रहेन । कृषि क्षेत्रको विकासका लागि सिंचाइलाई पनि आधुनिकीकरण गर्नुको विकल्प छैन । विकल्प नहुने थाहा पाउँदा पाउँदै पनि सरकारले सिंचाइमा लगानी गर्न कन्जुस्याईं गरिरहेको छ । बेमौसमी अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कम्तीमा सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको प्रारम्भिक तथ्यांक छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार वर्षाबाट बढी क्षति पुगेका तीनवटा प्रदेशमा मात्रै सो परिमाणको धानबाली नष्ट भएको देखिन्छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुगेको छ। लुम्बिनीका सबै जिल्लामा वर्षाले धानबालीमा असर गरेको छ ।
त्यहाँ लगाइएको धानबालीमध्ये एक लाख ३० हजार हेक्टरमा क्षति पुगेको र त्यसबाट चार अर्ब ५१ करोड रुपैयाँबराबरको नोक्सानी भएको प्रारम्भिक तथ्यांक छ । लुम्बिनीका ११ जिल्लामा यो वर्ष तीन लाख १७ हजार चार सय १४ हेक्टरमा रोपाइँ भएको थियो रु। त्यसमध्ये ३६ हजार चार सय ८० हेक्टरमा किसानले धानलाई काटेर खेतमा सुकाएका थिएरु। सो धान पानी जमेर तथा बाढी र पहिरोले बगाएर नष्ट भएको छ । बेमौसमी वर्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै क्षति भएको छ । पाकेर काट्ने वेला भएको ९३ हजार पाँच सय ७६ हेक्टरको धानमा पनि बाढी पसेर क्षति पुगेको छरु ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*